}else{?>
राजस्व अनुसन्धान विभागले हिजो बुधकार बरामद गरेको सुन सहितका स्कुटरका ब्रेक शुको तौल नेपाल राष्ट्रबैंकको टक्सार विभागले जोखिसकेको छ ।
राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको थियो ।
बरामद भएको कुल एक सय ६० वटा ब्रेक सु मध्य एउटाबाहेक सबैमा सुन रहेको पाइएको छ ।
अब ती ब्रेक सुबाट सुन निकालेर जोखिने उनले बताए । ब्रेक शु भित्र सुनका साना साना टुक्रा रहेकोले सबै निकालेर जोख्न केही समय लाग्ने बताइएको छ । ती ब्रेक सुमा १०० किलोग्रामभन्दा बढी सुन भएको अनुमान विभागको छ ।
असार ३० मा हङकङकबाट क्याथे प्यासेफिकको उडानमार्फत आएको सामान मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको भेटिएको छ ।
‘रेडी ट्रेड प्रालि नामक कम्पनीले यो सामन ब्रेक प्याड’ १६० सेट भनेर मगाएको अनुसन्धानबाट खुलेको छ । सो कम्पनीको कार्यालय बुढानीलकण्ठमा रहेको बुझिएको छ ।
रेडी ट्रेड प्रालिको तर्फबाट भन्सार एजेन्ट ९१५२० नम्बरका यादव पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले त्रिभुवन विमानस्थल कार्यालयबाट सामान बुझेका थिए ।
राजेन्द्रले साउन २ मा १२ प्रज्ञापन पत्र भरेर सामान जिम्मा लिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अम्बिकाप्रसाद खनालले बताए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे छानबिन गर्न भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा समिति बनाएको छ ।