पीसीएल नर्सिङ, एचए र फार्मेसी असिस्टेन्टमा बढाएको शुल्क सीटीईभीटीले फिर्ता लियो

काठमाण्डौ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तहको चिकित्सा शिक्षा अन्तर्गतका विषयहरु अध्ययनका लागि बढाएको शुल्क फिर्ता लिएको छ।
परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै सरोकारवालासँगको छलफलपछि मात्र शुल्क समायोज गर्ने गरी हाललाई शुल्क वृद्धि फिर्ता लिएको जनाएको छ।

परिषदले शुल्क वृद्धि गरेपछि यसको चौतर्फी आलोचना हुँदै आएको थियो।
चिकित्सा शिक्षा आयोगले सिटिइभिटीलाई प्रमाणपत्र तहका स्वास्थ्यतर्फका भर्ना प्रक्रिया रोक्न पत्र काटेको थियो।
आयोगले कलेजहरूको सिट निर्धारणदेखि नवीकरणलगायतका विषयमा निर्णय नै हुन बाँकी रहेको अवस्थामा भर्ना प्रक्रिया अगाडि बढाउन नमिल्ने भन्दै प्रकिया रोक्न पत्र पठाएको थियो।

प्रतिक्रिया