संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

काठमाण्डौ ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान
संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली प्रतिनिधमण्डल सहित इटाली प्रस्थान गर्नु भएको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा साउन ८ देखि १० गतेसम्म आयोजना आयोजना हुने ‘युनाटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकिङ मोमेन्ट’ मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
साउन ८ मा सो कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुने गरि आज प्राधनमन्त्री सहित नेपाली प्रतिनिधिमण्डल इटाली प्रस्थान गरेको हो ।

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य गङ्गा दाहाल पनि सो भ्रमणमा सहभागी रहेका छन् ।

अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही दिन नै प्रधानमन्त्री प्रचण्ड विद्यालय भोजनबारे आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् ।
यसैगरी साउन ९ मा खाद्य प्रणाली परिवर्तन र अभ्यासका सन्दर्भमा आयोजना हुने छलफलमा समेत सहभागी हुने बताइएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
खाद्य तथा कृषि संगठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसंघीय अधिकारीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता तय भएको प्रधानन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया