}else{?>
काठमाण्डौ ।
चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन जियान नेतृत्वको प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । उहाँहरुलाई माओवादी केन्द्रका महासचिव देव गुरुङ, सचिव गणेश शाह, डिलाराम हाचार्य, नेपालका लागि चिनका राजदुत महामहिम छन् सोङ लगायतले विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
युआन जियानले साउन ९ गते सम्म उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने बताइएको छ ।
जियानले दिउँसो तिन बजे राष्ट्रपती रामचन्द्र पौडेल सँग भेटवार्ता गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट गर्ने तालिका रहेको भए पनि उहाँ इटाली भ्रमणमा भएकोले प्रधानमन्त्री दाहाल सँग दिउँसो चार बजे जुम मिटिङ गर्नु भएको थियो ।
उहाँले पाँच बजे कार्यबहाक प्रधानमन्त्री पूर्णबहादुर खड्का सँग र ६ बजे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सँग भेटवार्ता गर्नु भएको छ । यस पछि माओवादी केन्द्रका शिर्ष नेताहरुसँग भेटघाटमा सरिक हुनुहुने बताइएको छ ।
जियानले भोली र पर्सि नेपालका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग भेटघाट गर्नुहुने बताइएको छ ।
यस बीचमा उहाँ लगायतको प्रतिनिधिमण्डलले भक्तपुर दरवारस्वायर र स्वयम्भु भ्रमण गर्नुहुने छ ।
निकट भविष्यमै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारीका लागि चिनियाँ नेताहरू काठमाडौं आएको चर्चा समेत चलेको छ ।