इसईई पछिको उच्च शिक्षाका लागि आकर्षक छ “प्राविधिक तथा व्यावसायिक शिक्षा”

काठमाडौं ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) बाट सम्बन्धन स्वीकृति लिएर सञ्चालनमा रहेका शैक्षिक संस्थाहरुमा एसईई पछिको प्राविधिक शिक्षाका लागि असार २९ देखि भर्ना प्रकृया संचालनमा छ ।

सिटिईभीटी, परीक्षा नियन्त्रण कार्यालयबाट एसईई पश्चातको ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह र १८ महिने प्रिडिप्लोमा तहमा भर्नाका लागि २०८० श्रावण १२ गतेसम्म आवेदन फाराम भर्ने समय तोकिएको छ ।

सिटिईभीटी अन्तर्गत डिप्लोमा तथा प्रमाणपत्र तहमा विभिन्न ३२ वटा र प्रिडिप्लोमा तहका विभिन्न २० वटा शैक्षिक कार्यक्रमहरु संचालनमा रहेकाछन् । डिप्लोमा तथा प्रमाणपत्र तहमा ४५ हजार तथा प्रिडिप्लोमा तहमा ३० हजारको संख्यामा विद्यार्थी भर्ना क्षमता रहेको छ । जसमध्ये १० प्रतिशत जेहन्दार र वर्गीकृत (निःशुल्क) छात्रावृत्तिको व्यवस्था गरिएको सिटिईभीटीका परिक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले बताउनु भयो ।

विपन्न, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र लगायत विभिन्न १० विधामा लक्षित वर्गका विद्यार्थीहरुले निशुल्क छात्रवृत्ती पाउनेछन् ।

वर्गीकृत (निःशुल्कीय) छात्रवृत्तिका लागि योग्यता पुगेका आवेदकहरुले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.ctevtexam.org.np मा गई अनलाईन आवेदन फाराम भर्नुपर्नेछ भने पूर्णशुल्कीयको हकमा भने सम्बन्धित शैक्षिक संस्थामा आवेदन बुझाउनु पर्नेछ । स्वयं संस्थाले पनिकाले उपलब्ध गराएको ITMS मा अनलाई ईन्ट्रि गर्ने व्यवस्था गरिएकोछ ।
निशूल्क र पूर्णशुल्किय तर्फ फाराम भरेका परीक्षार्थीहरुको प्रवेश परिक्षा क्रमश यहि श्रावण २० गते शनिवार र २४ गते बुधबार हुनेछ ।

डिप्लोमा तथा प्रमाणपत्र तहको स्वास्थ्य समुहका कार्यक्रमहरुमा अध्ययनका लागि इसईईमा न्युनतम जिपिए २ र बाँकी अन्य कार्यक्रमहरुका लागि न्युनतम जिपिए १.६ प्राप्त भएको हुनुपर्नेछ । इसईईका सम्पूर्ण विषयको परीक्षामा समावेश भएका परीक्षार्थीहरु प्रिडिप्लोमा तह अध्ययनका लागि योग्य हुनेछन् ।

तिन वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह उतिर्ण भए पश्चात विद्यार्थीहरुले सम्बन्धित वा तोकिएको मापडण्ड भित्रका विषयमा स्नातक अध्ययन गर्न सक्ने छन् भने १८ महिने प्रिडिप्लोमा उतिर्ण भए पश्चात डिप्लोमा वा प्रमाणपत्रतहमा अध्ययन गर्न सकिनेछ ।

मध्यम स्तरीय दक्ष प्राविधिक जनशक्ति उत्पादनका लागि संचालित यी कार्यक्रमहरु अध्ययन लगतै रोजगार तथा स्वरोजगारहुन चाहने विद्यार्थीहरुको लागि निकै आकर्षक विषय मानिन्छ ।

परिषद अन्गर्तत हाल आंगिक ६५, सामुदायीक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) ६३६, साझेदारी ५२ र नीजि तर्फ सम्बन्धन प्राप्त ४२९ वटा शिक्षालयहरु संचालनमा रहेकाछन् ।

प्राविधिक शिक्षा अध्ययन गरी रोजगारी तथा स्वरोजगारीमा जोडिन इच्छुक विद्यार्थीहरूले ताकिएको समय भित्रै आवेदन फाराम भरी प.नि.का बाट लिइने प्रवेश परीक्षामा सहभागी हुन सिटिईभीटी परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । भर्ना सम्बन्धि थप जानकारी www.ctevtexam.org.np बाट प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया