ब्रिटिश काउन्सिलले शुरू गर्‍यो ‘आईईएलटीएस रेडी: प्रिमियम’

काठमाडौं ।

ब्रिटिश काउन्सिलबाट आईईएलटीएसको परीक्षा लिनेहरूका लागि विशेष रूपमा नवीनतम एवं व्यक्ति विशेष आईईएलटीएस तयारी संसाधनहरू उपलब्ध गराउने भएको छ ।

२०२३ को जुलाई २४ मा ब्रिटिश काउन्सिल आईईएलटीएसले नेपालमा नयाँ सेवा शुरू गरेको छ– आईईएलटीएस रेडीः प्रिमियम । यसले ब्रिटिश काउन्सिलमा आईईएलटीएस परीक्षा दिने तयारी गरिरहेकाहरूलाई नवीनतम टेवा दिनेछ ।
यो नयाँ प्लेटफर्मले परीक्षार्थीहरूलाई हरेक व्यक्तिको सिकाइमा प्रगति अनुसार व्यक्ति विशेष संसाधन उपलब्ध गराउनेछ । यसमा आईईएलटीएसका ४० ओटा अभ्यास परीक्षा, क्लास रेकर्ड समेत छन् । यसमा नेटिभ अंग्रेजी बोल्ने आईईएलटीएस विज्ञहरूको समेत पूर्ण सहयोग पाइनेछ । परीक्षार्थीहरूले सीमित समय तोकिएको र सीमित समय नतोकिएको दुबै खाले ढाँचाका अभ्यास परीक्षाका साथमा आईईएलटीएसको आफ्नो तयारीलाई निपुण बनाउन सक्नेछन् । परीक्षार्थीहरूको अभ्यासलाई उपयोगी बनाउन उनीहरूले दिने उत्तरहरूको राम्ररी मूल्यांकन गरिनेछ ।
आईईएलटीएस रेडीः प्रिमियम प्लेटफर्म गाइडेड ई–लर्निङ (जीईएल)मा आधारित छ । जीईएल अंग्रेजी भाषा सिकाउने लन्डनस्थित शीर्ष डिजिटल सिकाई सेवा प्रदायक हो ।

यसमा परीक्षार्थीहरूले निम्न उल्लिखित पहुँच पनि पाउनेछन्:
1-आवश्यक अंक हासिल गर्न परीक्षकले के–के खोज्छन् भन्ने देखाउन नमूना उत्तर सहितको लेखन अभ्यास
2-प्रत्येक पठन र लेखन प्रश्नमा आईईएलटीएस विज्ञहरूको पृष्ठपोषण
3-परीक्षार्थीहरूले सुधार गर्न जरुरी निर्दिष्ट क्षेत्रमा उचित सुझाव तथा सल्लाह
4-परीक्षार्थीहरूले आफ्नो परीक्षाका लागि पूरा तयारी गर्न सकून् भनेर परिचयात्मक भिडियोहरू ।
5-परीक्षार्थीहरूले आईएलटीएस रेडीः प्रिमियममा ब्रिटिश काउन्सिलमा आईईएलटीएस परक्षाका लागि दर्ता गरेकै समयबाट असीमित पहुँच पाउनेछन् ।

परीक्षणकालीन अवधिमा यो मञ्चमा परीक्षा दिनेहरूमाझ उच्च प्रयोगकर्ताको सन्तुष्टि एवं संलग्नता पाइएको छ । ९७ प्रतिशत प्रयोगकर्ताहरूले आफूहरूलाई लक्षित अंक हासिल गर्न यसले मद्दत गरेको बताएका छन् । अरूलाई पनि यो सेवा प्रयोग गर्न आफूहरूले सुझाव दिएको ९८ प्रतिशतको भनाइ छ ।
‘हामीकहाँ आईईएलटीएसको परीक्षा दिने परीक्षार्थीहरूको विदेशमा बस्ने, काम गर्ने र अध्ययन गर्ने महत्वाकांक्षा पूरा गराउन हामीले सक्ने हरेक खाले प्लेटफर्म दिन चाहन्छौं,’ ब्रिटिश काउन्सिल नेपालका महाप्रबन्धक म्याक्सिम राइम्यानले भने ।
‘उनीहरूलाई पूर्ण रूपमा तयार बनाउन र उनीहरूको सपनाहरू पूरा गराइदिने उत्तम अवसर हासिल गर्न सघाउन हामी आईईएलटीएस रेडीः प्रिमियम लञ्च गर्न पाउँदा उत्साहित छौं,’ उनले अगाडि भने ।

आईईएलटीएसबारे थप जानकारी www.ielts.org  बाट पाउन सकिन्छ ।

प्रतिक्रिया