}else{?>
काठमाडौंं ।
बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातमा आज बिहीबारदेखि भाडादर घटेको छ ।
नेपाल आयल निगमले साउन १ गते इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि बागमती प्रदेशले फेरि गाडी भाडा समायोजन गरेको हो ।
बागमती प्रदेश अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले बिहीबार जारी गरेको प्रदेश राजपत्र अनुसार उपत्यका बाहिर चल्ने लामो रुटको यात्रुबाहक सवारीमा २ दशमलव ३० प्रतिशत, मालबाहक सवारी साधन ट्रकमा ३ दशमलव १ प्रतिशत भाडा घटेको छ ।
यस्तै काठमाडौं उपत्यकामा ५ किलोमिटरसम्म यात्रा गर्दा यात्रुवाहक सार्वजनिक सवारीमा १८ रुपैयाँ, १० किलोमिटरसम्म यात्रा गर्दा २४ रुपैयाँ, १५ किलोमिटरसम्म यात्रा गर्दा २९ रुपैयाँ, २० किलोमिटरसम्म यात्रा गर्दा ३२ र २० किलोमिटर भन्दाबढी ३७ रुपैयाँ भाडा लाग्ने छ ।
उक्त भाडादरमा १५ केजीसम्म यात्रुलै निःशुल्क सरसामान बोक्न पाउनेछन् भने त्यसभन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँको दरले भाडा लाग्ने राजपत्रमा उल्लेख छ ।