}else{?>
काठमाडौं ।
१९ औं एशियाली खेलकुद (एशियाड) का लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली घोषणा भएको छ ।
आगामी असोज ६ देखि २१ गतेसम्म चीनको हान्झोउमा हुने एशियाडका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ खेलाडीको नामावली राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पठाएको छ।
क्यानले घोषणा गरेको टोलीमा रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी रहेका छन् ।
जस मध्य तीन खेलाडी विनोद भण्डारी, अभिनाष बोहरा र विवेक कुमार यादवले पुनरागमन गरेका छन् ।
यस टोलीमा नेपाली ओडिआईका नियमित सदस्य आरिफ शेख, ज्ञानेन्द्र मल्ल र भीम सार्कीको नाम भने अटाएको छैन ।