}else{?>
: रविन्द्र केसी
उ हाँस्छे…
र
एउटा फूल फूल्छ
एउटा फूल हाँस्छ
ठिक त्यसैगरी…
जसरी पुर्णिमाको रातमा जुन मुस्कुराउँछ,
उषाको आभा संगै यो धरती जगमगाउँछ ।।
उ हाँस्छे…
र
एउटा फूल फूल्छ
एउटा फूल हाँस्छ
ठिक त्यसैगरी…
जसरी बसन्तमा प्रकृति यो मुस्कुराउँछ,
शितल मन्द बतास संगै खुशी लहराउँछ ।।
उ हाँस्छे…
र
एउटा फूल फूल्छ
एउटा फूल हाँस्छ
ठिक त्यसैगरी…
जसरी एउटा स्निग्ध पल पुरै जीवन भएर हाँस्छ,
प्रेमका ती हरेक निमेष यो जीवन भरीलाई बाँच्छ ।।