भदौ देखि कार्तिक सम्म ‘जनतासँग पार्टी अभियान’ चलाउँदै माओवादी केन्द्र

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आजबाट कमलमदी स्थित प्रज्ञा भवनमा चलिरहेको छ ।
बैठकको सामाजिक संजालमा प्रत्यक्ष प्रशारण गर्ने कुरा आए पनि अधिकांस पदाधिकारी र केन्द्रिय सदस्यहरुको बिमति पछि प्रत्यक्ष प्रशारण गरिएन ।

बैठकमा छलफलका लागि ५ वटा एजेण्डा प्रस्तुत गरिएको छ । जसमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्मेलन लगायतका एजेण्डाहरु रहेका छन् ।

केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ चलाउने जानकारी गराएका छन् ।

अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने समेत प्रतिवेदनमा उल्लेख छ ।

यस अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि साे प्रतिवेदन रहेको छ ।

यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डले बताएका छन् । उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने योजना समेत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा समेटिएको छ ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट जनतामा नयाँ आशा पलाएको हुादा यो आशा र भरोसालाई मुर्तरुप दिन सङ्गठनमा रुपान्तरणमा गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया