वनफूल जस्ता सपनाहरु…

रविन्द्र केसी

कविता
आफै उम्रिन्छन्
वनफूल जस्ता सपनाहरु…
केही ढकमक्क फुल्छन् ,
केही फुल्नै नपाई झर्छन् ।।

पनि
आफै उम्रिन्छन्
वनफूल जस्ता सपनाहरु…
कुनैले जीवनको अर्थ दिन्छन् ,
कुनैले जीवनसंग अर्थ खोस्छन् ।।

पनि
आफै उम्रिन्छन
वनफूल जस्ता सपनाहरु…
कुनै छल कपट मै फुल्छन् ,
कुनै छलकपटले झर्दछन् ।।

पनि
आफै उम्रिन्छन्
वनफूल जस्त सपनाहरु ।।

प्रतिक्रिया