दशैं लक्षित सहुलियत पसल असोज २१ देखि संचालन हुने

काठमाडौं ।

सरकारले असोज २१ गतेदेखि दशैं, तिहार र छठ लक्षित सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउने भएको छ ।
असोज २१ गतेदेखि मंसिर ३ गतेसम्म करिब डेढ महिना सम्म सहुलियतपूर्ण पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारले प्रत्येक वर्षको दशैं र तिहार लक्षित सहुलियतपूर्ण पसल सञ्चालन गर्दै आइरहेको छ ।
यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले सहुलियतपूर्ण पसल सञ्चालन गर्नेछन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशभरको ४८ स्थानमा सहुलियत पसल सञ्चालन गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । यसका लागि ४२ विभिन्न जिल्ला छानिएको छ । यसबाहेक साल्ट ट्रेडिङले ३५ स्थानमा सहुलियतपूर्ण पसल सञ्चालन गर्नेछ ।

सरकारले सञ्चालन गर्ने पसलमा जिउँदा खसी/च्याङग्रा, मोटा/मसिनो चामल, दाल, चिनी, नुन, आँटा, पिठो, मैदा, तोरीको तेल, सूर्यमुखी तेल, भटमास तेल, चिउरा राखिने छन् । यस्तै, कर्णालीको सिमी, गेडागुडी, फापरको दाना, चिनो, कागुनो, उवा लगायत विभिन्न प्रकारका खाद्य वस्तु समेत सहुलियत पसलमा राखिने छ ।

Photo-Onlinelhabar

प्रतिक्रिया