स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी

काठमाडौं ।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।
बिहीबार राती भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिड विजयी भएको हो ।
एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए ।
खेलको २०औँ मिनेटमा एट्लेटिकोका ग्रिजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
८१ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाए ।

प्रतिक्रिया