}else{?>
काठमाडौं ।
काठमाडौंमा जारी साफ यु–१९ च्याम्पियनसिपमा उपाधिका भिडन्तमा पाकिस्तानविरुद्ध भारतले अग्रता लिएको छ ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा भारतले एक गोलको अग्रता लिएको हो ।
भारत र पाकिस्तान दुबै टोली टाईब्रेकरमा जित निकाल्दै फाइनलमा स्थान बनाएका थिए।
भारतले घरेलु टोली नेपाल र पाकिस्तानले भुटानलाई हराउदै उपाधि यात्रा तय गरेका हुन् ।
भारतले समूह चरणमा बंगलादेश माथि ३–० जित हासिल गरेको थियो भने भुटानलाई २–१ ले हराएको थियो । पाकिस्तानले भने पहिलो खेलमा घरेलु टोली नेपाललाई १–० ले हराउँदा दोस्रो खेलमा भने माल्दिभ्स सँग १–१ गोलको बराबरीमा रोकिएको थियो।
पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो । भारत भने दुई पटकको विजेता हो ।
भारत र नेपालले समान २ यो उमेर समूहको साफ उपाधि जितेका छन् । भारतसँग आज जित निकाल्दै नेपाल भन्दा अगाडि जाने अवसर रहेको छ ।