}else{?>
काठमाडौं ।
सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउन निगमलाई निर्देशन दिएको छ ।
मन्त्रिपरिषद् बैठकपछि पत्रकारसंग सरकारका प्रवक्ता रेखा शर्माले प्रधानमन्त्रीले पेट्रोलियम पदार्थमा बढेको मुल्य लागु नगर्न निर्देशन दिएको जानकारी दिइन् ।
पेट्रोलिएम पदार्थमा भएको मूल्य वृद्धि नियन्त्रण गर्न क्याविनेटको विषय नभएको तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयल निगमलाई निर्देशन दिएको प्रवक्ता शर्माको भनाई छ ।
‘यो आयल निगमको विषय थियो । मूल्य वृद्धि साविककै कायम गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले निर्देशन गरिसक्नुभएको छ । उहाँको निर्देशनमा आयल निगमले केहीेबेरमै सूचना सार्वजनिक गर्दै होला,’ शर्माले भनिन् ।