}else{?>
काठमाडौं ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अहिलेको शिक्षा विधेयकले शिक्षकहरूको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा शिक्षा विधेयकमाथि विरोध सूचना पेस गर्दै उनले शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्ने भन्दै विधेयकले शिक्षकहरूको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको बताएका हुन् ।
उनले भने,‘शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्छ । भूमि मिचे पनि शिक्षक बोल्न नपाउने । भ्रष्टाचारको बारेमा पनि बोल्न नपाउने अभिव्यक्ति स्वतन्त्रता हनन गरिएको छ यो विधेयकमा त्यस्तो हुँदैन । त्यसकारण यसलाई संशोधन गरेर मात्र पेस गर्नुपर्छ ।’
उनले विद्यालय शिक्षा विधेयकमा निःशुल्क र अनिवार्य शिक्षा दिने ,तालिम प्राप्त विषयगत शिक्षक देशभर प्राप्त गराउने र उत्पादन श्रमसँग जोडिएको शिक्षा प्रदान गर्ने विषयलाई नसमेटिएको भन्दै संशोधन गर्नुपर्ने बताए ।
देश भरिनै एकै प्रकारको अध्ययन र अध्यापन गरी गुणस्तरीय शिक्षा कायम गर्न कक्षा १० देखि नै राष्ट्रिय स्तरमा परीक्षा लिनुपर्ने उनको भनाई छ ।
उनको विरोधको सूचना अस्वीकृत भएपछि शिक्षा मन्त्रीले प्रस्तुत गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सदनमा पेश भएको छ ।