व्यक्तिगत स्वार्थका कारण जनताकाअपेक्षा अनुसार काम हुन सकेनः स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले व्यक्तिगत स्वार्थ र नेतृत्व स्वार्थका कारण नेपाली जनताले आशा गरेअनुसार काम पूरा हुन नसकेको बताएका छन् ।
आज १५४ औं गान्धी जयन्ती तथा अन्तराष्ट्रिय अहिंसा दिवस–२०८० विशेष कार्यक्रममा उनले अहिले सबैलाई अल्छी लागेको भन्दै नेपाली जनता र वृद्धिजीविहरुको साथ भएपनि देश माथि उठ्न नसकेको बताए ।

उनले भने, ‘हामीले पाएको प्रजातन्त्रलाई जसरी चलाई रहेका छौ त्यो धेरैलाई सन्तोषजनक छैन् । अहिले हामी व्यक्तिगत स्वार्थ, नेतृत्व स्वार्थ, पार्टीभित्रकै स्वार्थ, दलभित्र पनि गुटको स्वार्थमा हामी लागेको कारण जुन इच्छा बोकेर सबै राजनीतिक दलहरुलाई नेपाली जनताले विश्वास गरेका थिए, वृद्धिजीविले साथ दिएका थिए, देश उठेको थियो अहिले सबैलाई अल्छी लागेको छ ।’
उनले हामी जति जिम्मेवार ढङ्गबाट प्रस्तुत हुनुपर्ने कुरामा कमि कमजोरी आएको भन्दै यसबाट जनतामा वित्रृष्णा उत्पन्न भएको बताए ।

उनले भने, ‘काम गर्ने शैलीमा अहिंसात्मक तरिकाले गएनौ भने उचित स्थानमा पुग्न सक्दैनौ । जब यो देशमा राजनीतिक परिवर्तन, विकास, संविधान निमार्ण, मुलुक बनाउने, जनताको इच्छालाई सम्बोधन गर्ने कुरामा हामी एक स्थानमा आउँदैनौ भने सम्भव हुदैँन् र हिंसात्मक तरिकाले जाने हो भने पालो पालो तिर्दा तिर्दा मुलुक बित्ने हुन्छ ।’
उनले पहिला आफू राम्रो हुन्छु, अरुलाई पनि राम्रो बनाउँछु भनेर अगाडि बढेको भन्दै त्यही कारण अहिले सबैले साथ पाएको बताए ।

प्रतिक्रिया