}else{?>
काठमाडौं ।
कास्की शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा दृष्टिबिहीन शिक्षिका शोभा पौडेल असोज १४ देखि आमरण अनसनमा बसेकी छन् ।
पोखरा २० की शोभा पौडेलले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि २०७९ माघ २३ गते लमजुङ जिल्लाबाट निमावि नेपाली शिक्षकका रुपमा अति दुर्गम गाउँ दोर्दी गाउँपालिकाको विद्यालयमा हाजिर हुनेगरी नियुक्ति पाएकी थिईन्।
पूर्ण दृष्टिविहिन भएकीले उनले त्यो विद्यालयमा एक्लै जाने आउने गर्न नसक्ने हुँदा आफूलाई पायक पर्ने कुनै विद्यालयमा पदस्थापन गर्न माग गरिन् । विद्यालयले पनि तपाईंलाई यहाँ काम गर्न गाह्रो हुन्छ भनेर गाउँपालिकालाई अन्यत्र व्यवस्थापन गर्न लिखित अनुरोध गर्यो ।
गाउँपालिकाबाट जिल्ला, प्रदेश हुँदै मन्त्रालय सम्म कुरा पुग्यो । मन्त्रालय र विभागमा धाउँदा धाउँदा शोभालाई विभागले फेरि प्रदेश शिक्षा निर्देशनालयलाई आवश्यक व्यवस्थापनमा सहयोग गर्न पत्र लेख्यो । निर्देशनालयले कास्की जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइलाई व्यवस्थापन गर्न सहयोग गरिदिन पत्र लेख्यो । तर इकाइले ब्यबस्थापन गर्न सकेन ।
यसरी विगत ८ महिनासम्म उनले हाजिर हुने ठाउँ पाइनन् र अनि यही असोज १४ गतेदेखि कास्की शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरणमा बसिरहेकी छन् ।
फरक क्षमता भएका क्षमतावान युवाहरुलाई सहजीकरण गर्न किन सकेन सम्बन्धित निकायले ?
यो घटना एउटा व्यक्तिको मात्र विषय होइन, यसले सिंगो युवा शक्तिलाई राज्य प्रति थन निराश बनाउने छ । देशमै केही गर्ने सपना र उर्जालाई हतोत्साहित पार्ने छ ।
सरोकारवाला निकायले बेलैमा यो सामस्याको सम्बोधन गर्न भुमिका खेल्न सकोस् ।
सामाग्री स्रोतः भिम उपाध्यायको फेसबुकबाट