}else{?>
काठमाडौं ।
प्रमुख प्रतिपक्ष दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्दै छन् ।
मंगलबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले बोल्नका लागि समय माग गरेको संसद सचिवालयले जानकारी दिएको हो ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ ।
सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले ओलीले आजको बैठकमा बोल्न समय मागेको पुष्टि गरे । उनले भने ‘प्रतिनिधि सभाको आजको बैठकमा प्रमुख विपक्षी दलका नेता एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोल्न समय माग्नुभएको छ ।’