नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावना रहेको एसियाली विकास बैंकका पूर्वअध्यक्ष कुरोदाको भनाई

काठमाडौँ ।

जापानको केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर एवम् एसियाली विकास बैंकका पूर्वअध्यक्ष हारुहिको कुरोदाले, नेपालको मानव स्रोत नै नेपालमा आर्थिक वृद्धिको उच्च सम्भावनाको आधार भएको बताएका छन् । काठमाडौँको दरबारमार्गमा मंगलबार आयोजित ‘एसियामा आर्थिक विकास ः विगत र भविष्य’ विषयक साक्षत्कार कार्यक्रममा पूर्वगर्भनर कुरोदाले नेपालमा प्रशस्त मात्रामा मानव स्रोत रहेको उल्लेख गर्दै त्यसको सदुपयोग गर्नसके आर्थिक विकासमा टेवा पुग्ने बताए ।
औसत युरोपेली मुलुकको तुलनामा नेपाल आकार र जनसङ्ख्याका आधारमा ठूलो रहेको बताएका उनले विदेशमा रहेका जनशक्तिसँग, पुँजी, प्रविधि र सीपको पहुँच हुने भन्दै उनले आर्थिक विकासका लागि त्यस्ता जनशक्ति महत्वपूर्ण हुने बताए ।
भारत र चीनजस्ता एसियाली अर्थतन्त्रले विदेशिएका जनशक्तिलाई स्वदेश फर्काएको उदाहरण दिँदै उनले विदेशिएका जनशक्तिलाई नेपालले पनि स्वदेश फर्काउनु पर्ने बताए ।
पछिल्लो समय देखिएको भूराजनीतिक खिचातानी, पानीको अभाव, मौसम परिवर्तन, बढ्दो बुढ्यौली उमेरका जनसङ्ख्या अहिले एसियाली मुलुकको अर्थतन्त्रमा प्रमुख चुनौतिका रुपमा देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया