साँफेबगर पुगेका माओवादी सचिव आचार्य अस्वस्थ्य

काठमाडौं ।

तीन महिने अभियानका क्रममा अछामको साँफेबगर पुगेका माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ्य भएका छन् ।
उनलाई केहीबेरमा काठमाडौं ल्याउने तयारी छ ।
आचार्यसँगै रहेका माओवादी नेता खगराज अधिकारीका अनुसार बुधबार बिहान एक्कासी बोली बन्द भएको थियो । ‘हामी ओल्लो पल्लो कोठामा थियौं, एक्कासी बोली बन्द भएयो ।

शरीरको दाहिने भाग चलाउन गाह्रो भएपछि बयलपाटा अस्पताल लग्यौं,’ भट्टले भने, ‘सिटी स्क्यान नभएका कारण हेलिकप्टरबाट नेपालगञ्ज ल्यायौं ।’
सीधै काठमाडौं ल्याउन चाहेको भए पनि मौसमले साथ नदिएपछि नेपालगञ्ज लगिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा सिटी स्क्यान, एक्सरेलगायतका परीक्षण गरिएको छ । टाउकोमा पुरानो चोट देखिएको छ ।
साथै पहिलो पटक माइनर हर्ट अट्याक भएको देखिएकाले काठमाडौं ल्याउन लागिएको छ ।

प्रतिक्रिया