एक घर एक धारा पाए पछि रुगा बासि खुसी , नदिका पानि खान अन्त्य

सदियौंदेखी नदिको पानि खादै आएका मुगु जिल्ला छायाँनाथरारा नगरपालिका वडा नं १३ स्थित रुगा गाउँका नागरीकहरुले घरघरमा एक घर एक धारा स्थानिय सरकार बाट निर्माण कार्य सम्पन्न भई घरघरमा खानेपानिका धारा पाएपछि निकै खुसी हुनुका साथौं नदीको पानि खान अन्त्य भएको छ ।
बिगत यो बस्ती सुरुहुदा देखीनै नदीको फोहोर पानि खादै आएका रुगा बासीको समस्यालाई बिभिन्न दलका नेताहरुको मूख्य योजेन्डा रुगाँ बासीलाई खानेपालि दिर्ने भएको भए पनि कुनै लदका नेताले अहिले सम्म यो बस्तीमा खानेपानि ल्याउन सकेका थिएनन् लामो समय निकै दुखका साथ छायाँनाथ रारा नगरपालिकाको पहलमा करिब सात किलो मिटर भन्दा टाढाबाट खानेपानि गाँउमा पुर्याउनको लागी कुल लागत ३८ लाख ३४ हजार ४६ रुपियाँको लगानिमा रुगा गाउँमा एक घर एक धारा निर्माण गरिएको छायाँनाथरारा नगरपालिका नगर प्रमुख बिस्नु कुमार भामले जानकारी बताएका छन ।
रुगागाँउमा धेरै दलित बाहुल्यता भएको यस गाउँमा १ सय ५८ वटा खानेपानीको धाराहरू निर्माण गरी खानेपानी वितरण गरिएको हो । भिरालो र सुख्खा जमिन भएको गाउँ नजिक कुनै ठाँउमा पानीका मुहान नहुँदा गाउँका मानिसहरू वर्ष वर्षदेखि गाउँ मुनि आधा घण्टा हिँडेर मुगु कर्णाली नदीको धमिलो र फोहोर पानी खाँदै आएका थिए ।
घरघरमा धारा सहित शुद्ध खानेपानी उपलब्ध भएपछि स्थानीय बासी यत्तिखेर दङ्ग छन् । स्थानीय बल बहादुर थापा गाउँमा खानेपानी आएदेखि आफूहरूलाई धेरै सहज भएको बताउनु हुन्छ । पानीको अभावमा सबै भन्दा बढी महिला,बालबालिकाहरुलाई नलिको पानि लिन समस्या भएको थियो ,सरसफाई गर्न,तरकारी खेती गर्न नपाएको भन्दै अब उक्त समस्या समेत समाधान हुने थापाले बताएका छन ।
हामी महिलाहरूलाई लुगा धुन, भाँडा सफा सुग्घर गर्न, नुहाउन र बाल बच्चालाई सफा सुग्घर गर्न पानी बढी नै चाहिने भएकाले पानी बोक्न सारै समस्या हुने गरेको थियो, अव धेरै सजिलो भयो’, गाउँकै स्थानीय महिला हरिकन्या नेपालीले भन्नुभयो । आफ्नै खेत बारीमा तरकारी खेती गरेर अब आम्दानी समेत गर्न सहज हुने बताएकी छन ।
न्युन आयस्रोत भएका दलित समुदायमा एकघर एक धारा अभियानले ब्यबसायिक फलफूल तथा तरकारी खेतीबाट आयआर्जनमा टेवा मिल्ने सम्भावना रहेको देखिन्छ ।

प्रतिक्रिया