महिला भलिबलमा भारतद्वारा नेपाल पराजित

काठमाडौं ।

महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल भारतसँग बुधबार ३–१ ले पराजित भएको छ ।

हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र २५–१७ को सेटमा पराजित ग¥यो ।
      
नेपाल प्रतियोगिताबाट बाहिरिए पनि शीर्ष आठ बाहेकका बाँकी स्थान छुट्याउनको लागि पनि खेल हुने भएको हुँदा नेपाली महिला टोलीले अरु खेल खेल्ने मौका पाएको हो ।

समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग समान ३–० को सोझो सेटमा पछि परेको थियो ।
      
भारतसँग पराजित भएपछि नेपालले ९ देखि १२ औं स्थानको क्लासिफिकेसनका लागि अझै दुई खेल खेल्न पाउनेछ । नेपालले अर्को खेल हङकङसँग खेल्नेछ ।
      
हङकङलाई पराजित गरेमा नेपालले नवौं स्थानका लागि अर्को खेल खेल्ने छ । उक्त खेलमा पराजित भए ११ औं स्थानका लागि नेपालले अन्तिम खेल खेल्ने छ ।

प्रतिक्रिया