‘विश्व सामाजिक मञ्चको १६औं संस्करण’ काठमाडौंमा हुने

काठमाडौं ।

विश्व सामाजिक मञ्च नेपालले ‘विश्व सामाजिक मञ्चको १६ औं संस्करण’ अयोजना गर्ने भएको छ ।

सम्मेलन फागुन ३ देखि ७ गतेसम्म काठमाडौको खुलामञ्चमा हुनेछ । सम्मेलनका क्रममा विषयगत सम्मेलन र समानान्तर सत्र आयोजना गरिनेछन् ।

विश्व सामाजिक मञ्च २०२४ समारोह भरिमा नौ सयदेखि एक हजार स्वआयोजित गतिविधि एवं सम्मेलन हुनेछन् । मञ्चमा विश्वका सबै महादेशबाट अतिथि तथा प्रतिनिधि गरी ५० हजारजना सहभागी हुने अपेक्षा गरेको आयोजकको भनाई छ ।

मञ्चले वैकल्पिक विचारमा छलफल बहस गर्न, प्रस्ताव तयार गर्न, जीवन्त अनुभव साटासाट गर्न र मानवताले व्यहोरिरहेको मौजुदा संकटका वैकल्पिक समाधान खोज्न खुला मञ्च उपलब्ध गराउँछ ।

मञ्चले स्पष्ट ढंगले नवउदारवादी वैश्विक पूँजीवादको विरोध गर्दै वैश्विक सामाजिक न्याय एवं वातावरणीय दिगोपनाका पहलकदमी लिन्छ ।

प्रतिक्रिया