}else{?>
काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वीर अस्पतालमा उपचाररत पार्टी सचिव डिलाराम आचार्यलाई भेटेका छन् ।
बिहीबार प्रधमानमन्त्रीले दाहाल वीर अस्पताल पुगेर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी लिएका हुन् ।
पार्टीको तीन महिने ‘जनतासँग माओवादी’ नामक विशेष कार्यक्रमअन्तर्गत अछामको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य एकाएक अस्वस्थ भएका थिए ।
अस्वस्थ भएपछि उनको काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ ।