}else{?>
काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
काठमाडौंमा यही अक्टोबर १७ देखि २० सम्म हुन गैरहेको ११औं अन्तर्राष्ट्रिय महाधिवेशनमा एसिया प्यासिफिक महिला संयोजक पदमा आफूलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन् ।
उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन् ।
तमुधीँ जापानकी पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन् । एसिया प्यासिफिक महिला संयोजक पदमा आफूले शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको उनले जानकारी दिइन् ।
यस्ता छन् उनका एजेन्डाः
१ संस्थाको शुद्धिकरण र भावनात्मक एकताः एनआरएनएमा महिला सहभागिता
२ परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्ने।
३ परदेशी भूमिमा हुर्किँदै गरेका बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिकाउने ।
४ नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीप घरदेशमा रहेका महिला दिदीबहिनीबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान गर्न महिला नेतृत्वलाई अगाडि बढाउने ।
५ विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभूति गराउने, जुनसुकै कारणले विदेशिएका नेपालीहरुका लागि “एनआरएनए मेरो भरपर्दो साथी” भन्ने अवधारणा ल्याउने ।