}else{?>
काठमाडौं ।
सांसद प्रेम सुवालले विधि, नियम मिच्ने काममा सत्तारुढ तलका नेता कार्यकर्ताकै नाम आउनुले ‘नाइके नै खोटो’ भएको पुष्टि हुने बताएका छन् ।
ठूला भ्रष्टाचारका काण्ड, विधि, नियम र संविधान मिचेर गरिएका आपराधिक र भ्रष्टाचारजन्य कार्यमा सत्तारुढ दलका नेता र कार्यकर्ताको नाम अगाडि आउनुले नाइके नै खोटो भएको पुष्टि भएको उनले बताएका हुन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा उनले ललिता निवास, नक्कली भूटानी शरणार्थी प्रकरण, ६० किलो सुन तस्करी काण्ड लगायतका विविध सार्वजनिक क्षेत्रका व्याप्त काण्डमा चर्चित नेता, कार्यकर्ता, सहसचिवदेखि बहालवाला सचिवसम्म पक्राउ परेको दृष्टान्त प्रस्तुत गर्दैै नेतृत्व नै खोटो भएको पुष्टि भएको बताए ।
उनले भने, ‘पशुपतिको जलहरीमा भ्रष्टाचार, नक्कली भूटानी प्रकरण, सहकारीको ठगी, गिरीबन्धु चिया स्टेटको घोटाला, सुन तस्करीका अपराधीहरु लगायत अन्य अपराधमा लागेकाहरुलाई राष्ट्रपतिबाट आममाफी हुनु लगायतका विविध काण्डहरुमा शासक दलका नेता र कार्यकर्ताको नाम आउनुले नाइके खोटो भए जमात खोटो हुने पुष्टि भएको होइन र ?’
समसामयिक विषयप्रति सरकारको ध्यानाकर्षण गराएका सांसद सुवालले विश्वविद्यालय शिक्षा निःशुल्क गराउनुपर्ने धारणा राखे । उनले खुला सीमा नियमन गर्नुपर्ने, बझाङ भूकम्प पीडितको पुर्नस्थापना, राहत र उपचारबारे भएका कामको विवरण सरकारले संसदमा जानकारी गराउनुपर्ने लगायत विषय सदनमा उठाए ।