}else{?>
काठमाडौं ।
राप्रपा सांसद ज्ञानेन्द्र शाहीले यो व्यवस्था कसका लागि ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आन्दोलन रहर नभई बाध्यता भएको भन्दै उनले त्यसका लागि सरकारले नै जिम्मेवार हुनुपर्ने बताए ।
‘आन्दोलन भनेको रहर हैन बाध्यता हो । यो देशमा शिक्षक आन्दोलनमा छन, कर्मचारी आन्दोलनमा छन्, चिकित्सक आन्दोलनमा छन्, धर्मको नाममा विभिन्न जातिय हिंसा र धार्मिक हिंसा भईरहेका छन् । निर्माण व्यवसायी, व्यापारी आन्दोलनमा छन, किसान आन्दोलनमा छन् । विद्यार्थिहरु सडकमा छन् । आज पनि चिकित्सक सुरक्षित छैनन् । अनि यो व्यवस्था कसका लागि ? ’ उनले भने ।
यो व्यवस्थामा युवा खुसी भएको भए ८२ लाख युवा अर्काको देशका जानु पर्दैनथ्यो भने ।
यो व्यवस्था नेताका लागि मात्रै भएको तर्क गरेका उनले यो व्यवस्था न किसानको लागि , न विद्यार्थिका लागि, न शिक्षाको लागि, न जनताको लागि ८८४ जना सांसद २३ हजार जनप्रतिनीधिका लागि मात्र उत्तम रहेको बताए ।