संक्रमणकालिन न्यायको विषयमा सत्तापक्ष नै गम्भीर नभएको एमाले सचेतक बर्तौलाको आरोप

काठमाडौं ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले, संक्रमणकालिन न्यायको विषय टुङ्ग्याउन नदिन राजनीतिक चलखेल हुन थालेको भन्दै सचेत गराएका छन् ।
बिहीबार प्रतिनिधि सभा बैठकमा सचेतक बर्तौलाले, १७ वर्षदखि थाती रहेको शान्ति प्रकृया र संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला राजनीतिक रुपबाट वातावरण बिगार्ने प्रयास भैरहेको भन्दै त्यसतर्फ सचेत हुन सरकारलाई आग्रह गरे ।
दल विशेषले घोषणा गरेको जनयुद्ध दिवस मनाउने निर्णयलाई एमालेले बेठिक भनेको र त्यसलाई सबैले मान्नैपर्ने भन्ने नहुने भएकैले एमालेले विरोध गरेको बताए ।
तर, १७ वर्षदेखिको संक्रकणकालीन न्यायको विषयलाई टुङ्ग्याउनका लागि उपयुक्त विधेयक निर्माण गर्ने काम गरिरहेको बेला सत्तारुढ राजनीतिक दलबाट उक्त वातावरण विथोल्ने विभिन्न प्रयास भैरहेको आरोप लगाउँदै उनले आपत्ति जनाए ।
बर्तौलाले भने, ‘हामी अहिले १७ वर्षदेखि थाती रहेको एउटा गम्भीर तर नटुङ्गिएको संक्रकणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउन मेहेनतका साथ उपयुक्त विधेयक, कानून निर्माण गर्ने काम गरिहेका छौ ।’ उनले भने ‘कुनै दल विशेषका लागि कुनै दिन गर्वको विषय हुन सक्छ,उल्लासमय पर्वकै विषय हुन सक्छ,त्यो दल विषयको कुरा हो । सिङ्गो देशले त्यसलाई स्वीकार्नै पर्ने बाध्यता रहन्छ ? त्यसलाई नेकपा एमाले र नेपाली जनताले मान्नुपर्छ उल्लासको दिनको रुपमा दिनुपर्छ भन्ने छ ? हामीलाई लाग्यो यो बेठिक छ । तर, संक्रकणकालीन न्यायको विषयलाई टुङ्गोमा पुर्याउनका लागि हामी एउटा वातावरण बनाएर काम गरिरहेका छौ । त्यसलाई सगजोल्न प्रयत्न गरियो । राजनीतिक वातावरण विगार्नका लागि गरियो यसप्रति खेद प्रकट गर्दैै दुःख व्यक्त गर्न चाहान्छु ।’
उनले विधेयक निर्माण कार्यमा अवरोध हुने गरी वातावरण विगार्न भूमिका नखेल्न सरकारलाई आग्रह गरे ।

प्रतिक्रिया