सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती र दबाब छ : अर्थमन्त्री महत

काठमाडौं ।

अर्थमन्त्री प्रकाशशरण महतले सरकारलाई थोरै स्रोत साधानले धेरै काम गर्नुपर्ने चुनौती रहेको बताएका छन् । 
शुक्रबार काठमाडौंमा आयोजित सार्वजनिक निजी साझेदारी मार्फत नेपालमा एचपीभी खोपको प्रवर्द्धन कार्यक्रममा उनले थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपरेको बताए । 
उनले भने, ‘स्वास्थ्यको विषयमा कुरा गर्दा आवश्यकता अत्यन्त धेरै स्रोत र साधन भने न्यून छ ।  थारै स्रोत र साधनलाई प्राथमिकताको आधारमा प्रयोग गर्नुपर्ने चुनौती सरकारको अगाडि छ । ’
उनले पाठेघरको मुखको क्यान्सर उन्मूलन गर्न एचपीभी यो खोप हरेक महिला दिदीबहिनीहरूको पहुँचमा पुर्याउन आवश्यक भएको बताए । 
स्वास्थ्य क्षेत्रमा  लगानी गर्नु पर्ने कुरामा थप दबाब बढेको उनको भनाई छ । 

प्रतिक्रिया