}else{?>
काठमाडौं ।
चट्याङ र यसको पूर्वसूचना प्रणाली तथा रोकथामका विषयमा नेपालमा जारी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले, सरकारले अहिलको आवश्यकता अनुसारका अनुसन्धानका काम गर्न नसकेको स्वीकार गरे ।
‘सरकारको तर्फबाट म कुनै संकोच विना यो कुरा भन्छु कि । सरकारले अहिले यो अनुसन्धानको कामलाई समयको आवश्यकता अनुसार सम्पन्न गर्न सकेको छैन् ।’ उनले भने ‘ अहिले हामी स्रोत र साधनको अधिकतम उपयोग गर्दै वैज्ञानिक तथा सामाजिक अनुसन्धानका काममा केन्द्रित हुने प्रतिबद्धता जनाउँछौं ।’
उनले अब नेपालमा अनुसन्धान गर्न चाहाने अनुसन्धानकर्ताहरुका लागि आवश्यक सहजिकरण र सहयोगका लागि समेत सरकार तयार रहेको बताए ।
ललितपुरको पुल्चोकमा तीनदिन सम्म चलेको सम्मेलनमा २० वटा भन्दाबढी कार्यपत्रमा छलफल भएको थियो ।
तीन दिने सम्मेलनमा भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत देशका गरी १०० भन्दा धेरै विज्ञहरुको सहभागिता थिए ।
सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल भएको छ । मुख्यगरी यो सम्मेलनले नीति निर्माणका सहयोग गर्ने अपेक्षा गरिएको छ ।
अनुसन्धान भएका मुलुकमध्ये नेपाल चट्याङको चौथो जोखिमयुक्त मुलुकमा पर्ने बताइएको छ । नेपालमा औषत वार्षिक १०० जनाले चट्याङका कारण ज्यान गुमाउने र ३०० भन्दा बढी घाइते हुने गरेको तत्थ्याङ्क छ ।