}else{?>
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले, नागरिकहरुको आर्थिक विकासको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको दोहो¥याएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघ ४४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले नीजि क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम भएको भन्दै नीजि क्षेत्रको क्रियाशिलताले मात्रै उद्धारवादी अर्थतन्त्रको मर्म अनुरुप आर्थिक विकास गर्न सकिने बताए ।
उनले भने, ‘सरकारको एकल पहलबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुदैँन् । यसका लागि सरकार निजी क्षेत्रबीच सहकार्य हुनु जरुरी छ । निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक विकासको माध्यम हो । निजी क्षेत्रको सक्रियता भएका मुलुकहरुमा आर्थिक विकास पनि राम्रो भएको देखिन्छ । निजी क्षेत्रको क्रियाशिलताले मात्रै उद्धारवादी अर्थतन्त्रको मर्म अनुरुप आर्थिक विकास हुन्छ कुरामा वर्तमान सरकार विश्वास राख्दछ ।’
यस्तै, उनले आयातलाई न्यून गर्दै निर्यात बढाउँने सरकारको नीतिलाई साकार तुल्याउँन निजी क्षेत्रको सहयोगबिना सम्भव नभएको बताए ।
नीजि क्षेत्रको अपेक्षा अनुरुप सरकारले काम गर्न नसकेको अवस्थामा सरकारको आलोचना गर्नु भन्दा सहकार्यसहित समाधानका उपायहरु निकाल्नु पर्ने उनको भनाई छ ।
उनले भने, ‘कृषिलाई व्यवसायीकरण गर्दै उत्पादन वृद्धि गर्ने तर्फ जोड दिन निजी क्षेत्रलाई आग्रह गर्न चहान्छु । निजी क्षेत्रले आफूलाई अर्थतन्त्रको मुख्य माध्यमको रुपमा अगाडि बढ्नु पर्छ । यसका लागि निजी क्षेत्र अझ जिम्मेवार हुनुपर्छ । निजी क्षेत्रको अपेक्षा अनुरुप सरकारले सबै विषयलाई सम्बोधन गर्न नसकेको पनि हुन सक्छ यस्तो अवस्थामा सरकारको आलोचना गर्ने होईन् सहकार्य र हातेमालो गरेर समाधानका उपायहरु निकाल्नु पर्छ ।’
‘