}else{?>
काठमाडौं ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले, इजरायलमा रहेका नेपालीहरूको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् ।
आइतबार इजरायलस्थित नेपाली राजदुत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदुत ह्यानन गदरलाई सम्पर्क गरी उनले प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाको लडाइँका कारण बढेको असुरक्षाप्रति चासो राखेको उनको सचिवालयले जनाएको छ ।
गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै उहाँले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे जानकारी लिएका थिए ।
नेपाली राजदुत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्दारको पहल गर्ने काम भैरहेको बताए ।