}else{?>
काठमाडौँ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सुधार गृह व्यवस्थित बनाउन आवश्यक रहेको बताएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले बाल सुधार गृहको क्षमता कम र सङख्या बढि भएको कारण हिड्न सम्म सस्या भएको भन्दै सुधार गृह बढाउन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘बाल सुधार गृहमा गएर हेर्दा कोचिएर बसेका बाल बालिकाहरु हेर्दा मलाई लाग्छ खुट्टाले हिड्न पनि गाह्रो हुन्छ जस्तो छ साँघुरो ठाउँमा बर्षौ बस्नुपर्दा । त्यसले गर्दा सुधार गृहहरु अत्यन्तै क्षमता कम छ । सङख्या बढि छ । त्यसैले त्यहाँ समस्या आएको छ । उमेरको पनि त्यहाँ तालमेल भएको छैन् । व्यवस्थित गरी सुधार्न आवश्यक छ ।’
मन्त्री आचार्यले गोठाटारमा वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिएपनि अहिलेसम्म त्यहाँको जग्गा नै टुङ्गो नलागेको बताए ।
उनले भने,‘गोठाटारमा वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भन्ने कुरा अनुगमन भईसकेको छ । को मन्त्री हुनुन्थ्यो थाहा छैन् । तर जग्गा टुङ्गो लगाएर काम सुरु गर्नु पर्ने थियो तर जग्गा टुङ्गो नलागि बजेट पनि छुट्याईयो र काम पनि भएन । अब बिकल्प त्यहाँको स्थानिय तहसँग कुरा गरेर यो कुरा अगाडि बढाएको छौं ।’
उनले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रुपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि जानकारी दिए ।
देशमा आधुनिक र व्यवस्थित वृद्धाश्रम आवश्यक रहेको भन्दै सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य रहेको उनको भनाई छ ।