}else{?>
काठमाडौं ।
इजरायलमा मृत्यु भएका नेपालीहरुको शव ल्याउन र समस्यामा परेकाहरुलाई सरकारले उद्धारको लागि पहल सुरु गरेको छ ।
परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हाल तेल अभिभस्थित विमानस्थल सामान्य रुपमा सञ्चालनमा रहेको र हवाईमार्ग मार्फत आवत –जावत सुचारू भइरहेकाले नेपालीहरुको शव नेपाल नेपाल र घर फर्किन इच्छुकहरुलाई पनि फर्काउने प्रक्रिया सुरु गरेको जानकारि दिएको छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘ मृतकहरुको शव पहिचान गरी यथाशक्य छिटो नेपाल ल्याउन एवं घाइतेहरुको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकार समक्ष अनुरोध भइसकेको छ । इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकहरुको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेशनको तयारी भइरहेको छ ।’
गत शनिबार प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको थियो ।