}else{?>
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हमासले इजरायलमा गरेको आक्रमणमा मृत्यु भएका नेपालीहरूको शव यथाशक्य छिटो नेपाल ल्याउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनामा घाइतेहरूको यथाशीघ्र उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरेका हुन् ।
उनले लेखेका छन्,‘ईजरायलमा आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारहरुमा गहिरो समवेदना प्रकट गर्दछु । मृतकहरुको शव यथाशक्य नेपाल ल्याउने प्रवर्धन गर्न सरकारसँग आग्रह गर्दछु । साथै घटनाका घाईतेहरुको यथाशीघ्र त्यस क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन तथा त्यस क्षेत्रमा रहेका अन्य नेपालीहरुलाई चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा पुर्याउन सरकारसँग आग्रह गर्दछु । ’
यस्तै इजरायलको युद्धग्रस्त क्षेत्रमा रहेको नेपालीहरूलाई सुरक्षित स्थानमा पु¥याउन इजरायलस्थित नेपाली दूतावास, इजरायल सरकारसँग समन्वय गर्न आग्रह गरेका छन् ।
उनले हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारमा गहिरो समवेदनासमेत समेत व्यक्त गरेका छन् ।