हिमाली जिल्ला मुगुमा सुपथ मूल्य पसल सञ्चालन

मुगु ।

दसैं, तिहार र छठ पर्व नजिकिदैँ गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज २१ गते देखि मंसिर ३ गतेसम्म सुपथ मूल्यका खाद्यान्न पसल सञ्चालन सुरु गरेको छ ।

देशका ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्यका खाद्यान्न पसल सञ्चालन गर्ने नीति अनुसार हिमाली जिल्ला मुगुमा पनि पसल सञ्चालन गरिएको हो ।

स्थानीय बजारभन्दा सस्तो र सुलभ रुपमा खाद्यान्न बिक्री गर्दै आएको कम्पनीले चामलमा साबिकको बिक्री मूल्यबाट प्रति किलो ७ रुपैयाँ कम मूल्यमा सामान दिंदै आएको छ ।

जिरा चामलको ९२ रुपैयाँबाट ७ रुपैयाँ घटाएर ८५ रुपैयाँमा बिक्री गरेको छ । सोना मन्सुली चामल साबिकको ६० रुपैयाँबाट ७ रुपैयाँ छुट गरी ५३ रुपैयाँ, अरुवा मध्यम ५९ बाट ७ रुपैयाँ छुट गरी ५२ रुपैयाँ, अरुवा मोटो ५६ बाट ७ रुपैयाँ छुट गरी ४९ रुपैयाँमा बिक्री गर्दै आइरहेको छ ।

आफूहरुले लगाएको खेतको बाली पाकिनसकेको साथै स्थानीय बजारमा चर्को मूल्यमा खाद्यान्न किनेर खाँदै गरेका स्थानीयलाई सुलभ दरमा चामल पाउँदा केही राहत भएको छ ।

साबिकभन्दा ७ रुपैयाँ छुटमा खाद्य संस्थानले विभिन्न प्रकारका चामल दिँदा राहत भएको छायाँनाथ रारा नगरपालिका वडा नम्बर १३ का कन्नबीर खड्काले बताए ।

सरकारको नीतिअनुसार संस्थानले बाढी, पहिरो र चाड पर्व सबै प्रकारको अवस्थामा सहयोग वितरण गर्दै आएको छ । विषेशगरी संस्थानले नगरपालिकाभित्र सुपथ पसल सञ्चालन गर्ने हुँदा नगरबासीले राहत महसुस गरेका छन् ।

अन्य पालिकामा पनि आउँदा दिनमा सुपथ मूल्यका पसल सञ्चालन गर्न संस्थानलाई अनुरोध गरेको छायाँनाथ रारा नगरापलिकाका नगर प्रमुख बिस्नुकुमार भामले बताए ।

अहिले मुगु जिल्लामा आएको १५ सय क्यीन्टल खाद्यान्न संस्थानले सहुलियतमा दिइरहेको छ । जिल्लामा माग बढी भएपछि सबै सरोकारवाला निकायहरुसँग सहकार्य गरेर खाद्यान्न कम्पनीको केन्द्रीय कार्यालयमा थप खाद्यान्नको लागि पहल गर्ने जिल्ला समन्वय समिति मुगुका प्रमुख मन्जन कार्कीले बताए ।
हिमाली जिल्ला मुगुमा सुपथ मूल्य पसल सञ्चालन

मुगु । दसैं, तिहार र छठ पर्व नजिकिदैँ गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले असोज २१ गते देखि मंसिर ३ गतेसम्म सुपथ मूल्यका खाद्यान्न पसल सञ्चालन सुरु गरेको छ ।

प्रतिक्रिया