१२ वर्षभित्र २८ हजार विद्युत उत्पादन गछौं : उर्जामन्त्री बस्नेत

काठमाडौं ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बहादरु बस्नेतले अबको १२ वर्षभित्र नेपालले २८ हजार भन्दा बढी मेगावट विद्युत उत्पादन गर्ने दाबी गरेका छन् ।
प्रनिनिधिसभामा पेस भएको विद्युत विधेयक २०८० माथि उठेको प्रश्नको जवाफ दिने क्रममा सोमबार मन्त्री बस्नेतले नेपालको उर्जा उत्पादनको क्षमता २८ हजारभन्दा धेरै रहेको दाबी गरे । उनले आगामी १२ वर्षभित्र सो क्षमताको विद्युत उत्पादन गर्न सरकारले स्पष्ट रुपमै कार्ययोजना बनाएर अघि बढेको दाबी गरे ।

उनले भने, ‘हामीलाई के विस्वास भने आगामी १२ वर्षभित्रमा १८ हजार मेगावाट क्षमता भन्दा बढी विद्युत उत्पादन गर्न सकिने अवस्था हामीले प्रक्षेपण गरेका छौ । यसलाई तथ्यांकले सपोर्ट गर्छ, तथ्यले व्याकअप गर्छ र त्यसको लागि स्पष्ट कार्ययोजना निर्माण गरेका छौ ।’
उनले उर्जा उत्पादन र प्रवद्र्धनमा सरकारले मिक्स कन्सेप्टलाई ध्यानमा राखेर सोलार र हावाबाट निकाल्ने वैकल्पिक उर्जाको लागि आवश्यक कानूनी व्यवस्था गरेको बताए ।

उनले भने, ‘वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र मार्फत सञ्चालन हुने अन्य आयोजनाहरुलाई व्यवस्थित गर्न अलग्गै नविकरणीय उर्जा र उर्जा दक्षता विधकास सम्बन्धि अलग्गै विधेयक मन्त्रालयले ड्राफ्ट गरेको छ । अर्थमन्त्रालयको सहमतिमा त्यो ड्राफ्ट अर्थमन्त्रालयको सहमती सहित अहिले कानून मन्त्रालयमा पुगेको छ ।’

सांसदहरुले समग्र जलस्रोतको अवस्थाबारे राखेको चासोको सम्बोधन गर्दै मन्त्री बस्नेतले उर्जा क्षेत्रको समग्र व्यवस्थापनको लागि छुट्टै विधेयक निर्माण कार्य जारी रहेको जानकारी दिए ।
‘समग्र जलस्रोतको व्यवस्थापन सम्बन्धि जलस्रोत विधेयक अर्को ड्राफट गरिएको छ । उक्त विधेयक अर्थमन्त्रालयको सहमति सहित अहिले कानून मन्त्रालयमा रायका लागि पठाएका छौ । छिट्टै जलस्रोत सम्बन्धि विधेयक,नविकरणीय उर्जा र उर्जा दक्षता सम्बन्धि विधेयकहरु संसदमा प्रस्तुत हुनेछन्,’ मन्त्री बस्नेतले भने ।

प्रतिक्रिया