}else{?>
काठमाडौं ।
इभेन्ट तथा फोटोग्राफी कम्पनी क्याप्चर स्टुडियोले आयोजना गरेको प्रतियोगिता “एस अफ मोडल्स २०२३” सम्पन्न भएको छ ।
शनिबार काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगिताको शिर्ष उपाधि झापाकी वर्षीया पूजा सिंह राजपुत र काठमाडौँका रेहान गाडलले जितेका छन् ।
फस्ट रनर अपको उपाधि शिला नेपाली र भावेश खड्काले पाए भने सेकेन्ड रनर अपको उपाधि हेभन उपाध्याय र रोनि आले मगरले जितेका छन् ।
प्रतियोगितामा मस्ट फोटोजेनिक शिला नेपाली र भावेस खड्का, बेष्ट पर्सनालिटिमा रेहान गाडल र शिला नेपाली, बेस्ट वाक रुजल स्थापित र सिम्रिका खत्री, बेस्ट स्किन शिला नेपाली, बेस्ट फिजिक भावेष खड्का, बेस्ट फिगर पुजा सिंह राजपुत, मस्ट ट्यालेन्टेडमा रेहान गाडल र स्तुति क्षेत्री, मस्ट एक्टिभ सुवास्ना रेग्मी, मस्ट पङ्चुअल डार्विन देवकोटा र श्रिसा श्रेष्ठ, मस्ट पपुलरमा शिला नेपाली र डार्विन देवकोटा, पब्लिक च्वाइस अवार्डमा सुवास्ना रेग्मी, मस्ट डिसिप्लेनमा सम्यम श्रेष्ठ र निलम बम ठकुरी, मस्ट करेजियसमा हेभन उपाध्याय, मस्ट स्टाइलिस्ट रोनि आले मगर र सिफाली महर्जन, मस्ट फ्रेन्डलीमा सुरज चौधरी र प्रिज्मा भुजुले सह(उपाधिका अवार्डहरू प्राप्त गरेका छन् ।
प्रतियोगिताको प्रमुख अतिथिका रूपमा अमन प्रताप अधिकारी, निर्णायक मण्डलमा मिस्टर नेपाल २०२२ नुतन श्रेष्ठ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर सोनम सुब्बा लिम्बु, सिनियर ब्यूटिसियन रुक्सा श्रेष्ठ र रोडिज बिजेता आयुष श्रेष्ठ रहेका थिए ।
सौन्दर्य कलालाई प्रतिष्ठित र आफ्नै मौलिक बनाउने लक्ष्य रहेको ‘एस अफ मोडल्स २०२३‘ सम्पूर्ण इभेन्टका निर्देशन फोटोग्राफर पबिन्द्र श्रेष्ठले गरेका हुन् ।