}else{?>
काठमाडौं ।
सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली विद्यार्थीहरुको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशन पछि निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।