नेपालले भोलिदेखि विश्वकप छनोट खेल थाल्दै, लाओससंगको खेलका लागि तयार

nklकाठमाडौं ।

नेपालले भोलिदेखि सुरु हुने आफ्नो विश्वकप छनोटका लागि तयार रहेको जनाएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक र कप्तान दुबैले नेपाल खेलका लागि तयार रहेको बताएका हुन् ।
भोली साँझ लोओसविरुद्ध खेल्दै नेपालले विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले बताए ।
यो खेल आफ्ना लागि पनि अवसर भएको बताएका उनले भने ‘यो मरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु ।’
नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एनेसेले टिममा रहेका नयाँ र उर्जावान युवाहरुले राम्रो प्रर्दशन गर्नेमा आशाबादी रहेको बताएका उनले भने, ‘अहिले धेरै भन्न चाहन्न, भोलि देखाउँछु ।’
राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङले यो पटक लामो तयारी गरेको बताए । लाओसले पनि राम्रो तयारी गरेको र टिममा केही परिर्वतन ल्याएको भन्दै उनले त्रिदेशीय कपमा जस्तो नहुने बताए । चैतमा भएको त्रिदेशीय समूह चरणमा २–० ले जितेको नेपालले फाइनलमा २–१ को जित हात पारेको थियो ।

प्रतिक्रिया