}else{?>
काठमाडौं ।
जिज्ञासा शाही ठकुरी र रियाज आले मगर ‘लिटील स्टार हन्ट नेपाल २०२३’ को सिनियर लिटील स्टार हन्ट बनेका छन् । साथै इभान्सी पौडेल र यथार्थ शाही ठकुरीले जुनियर लिटील स्टार हन्टको यो वर्षको उपाधि पाए ।
क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा राजधानीमा आयोजित बालबालिकाबीचको प्रतिभामूलक प्रतियोगिता ‘लिटील स्टार हन्ट नेपाल २०२३’राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ ।
कोरोना स्कुल, सुर्योदय स्कुल र डेनब एकेडेमीका २६ विद्यार्थीबीचको भएको प्रतिस्पार्धामा सिनियरतर्पm संस्कृति बराल र रिदम पनेरु फस्ट रनर्सअप तथा उज्मा बानु थापा र सर्वजित खरेल सेकेन्ड रनर्सअप भएका छन्।
यस्तै,प्रतियोगितामा जुनियरतर्पm इभाना शर्मा र विश्वम्भरध्वज कार्की फस्ट तथा श्रेया गुरुङ र सक्षम पनेरु सेकेन्ड रनर्सअप भए ।
बालबालिकाको प्रतिभा तथा आत्मविश्वास अभिबृद्धिका लागि आयोजित उक्त प्रतियोगितालाई क्रिजोना मिडिया ग्रुपले आयोजना गरेको अध्यक्ष लभिन अन्सारीले जानकारी दिए ।
प्रतियोगितामा मोडल तथा मिस एसिया प्यासिफिक इन्टरनेशनल नेपालकी आस्था सखा, मोडल तथा अभिनेता दीपक घिमिरे र मिसेस इन्टरनेशनल अनिता यादव निर्णायकको भूमिकामा थिए ।