दसैं र बजार : अटो इन्डष्ट्री संकटमा छ, विद्युतिय सवारीले सुधारको संकेत देखाएको छ: राजन बाबु श्रेष्ठ

काठमाडौं ।

टाटा मोटर्सले स्पेनको बार्सिलोनामा आयोजना गरेको ‘डिलर बिजनेस प्लानिङ मिट २०२३’ मा नेपालको अटोमोवाईल्स कम्पनी सिप्रदी ट्रेडिङलाई ‘इन्टरनेसनल ट्रेलब्रेजर अफ द इयर’ बाट सम्मान गरेको छ।

विश्वका ५२ वटा देशका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त सम्मेलनमा सिप्रदीको गत वर्ष नेपालमा नम्बर एक ब्रान्डको सफलतालाई सम्मान गर्दै अवार्ड प्रदान गरिएको हो।

सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी निर्देशक (सिइओ) राजन बाबु श्रेष्ठ तथा सिओओ राजेश प्रसाद गिरीले उक्त सम्मान ग्रहण गरेका हुन्।

पछिल्लो समय टाटा मोटर्स नेपालले इभी तथा आइसीइ दुवै क्षेत्रमा सबैभन्दा ठूलो बजार हिस्सा ओगटेको छ।

नेपालको वर्तमान अटो इन्डष्ट्रीको अवस्थाबारे सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठसँग गरिएको कुराकानीको पुरा भिडियोः

प्रतिक्रिया