}else{?>
काठमाडौं ।
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशमा हिंसा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको एकैसाथ उद्घाटन गरेका छन् ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘ट्राफिक सेचनता अभियान’को नेतृत्व गरिरहेको छ ।
पीडित सहायता कक्षको उद्घाटन गर्दै रक्षामन्त्री खड्काले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताए । तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनु पर्नेमा उनले जोड दिए ।
उनले भने, “पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतिपूर्ण छ”, खड्काले थपे, “यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ ।”
उनले जनतामा जनप्रतिनिधि तथा सरकारी कर्मचारी सेवक हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पु¥याउने समेत उल्लेख गरे ।
‘अभियानले बोकेको भावना, पीडितलाई पु¥याउने सहयोग प्रत्येक तहको प्रहरी कर्मचारीबीच कार्यक्रमको अपनत्व जोडिएन भने यो अहिलेको घोषणा केही महिनापछि खिसिट्युरी बन्न सक्छ , यसतर्फ ध्यान दिन आवश्यक छ ।’
हिंसामा परेका पीडितले बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्नु ठूलो कुरा हुने भन्दै अभियानले प्रहरीसँग डराउने तथा प्रहरीबाटै गाली खान्छु । कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिदै प्रहरीले सुरुवात गरेको उक्त अभियान महत्वपूर्ण हुने बताए ।
यस्तै ट्राफिक सचेतना अभियानको उद्घाटनपछि खड्काले कर्णली प्रदेशमा हुने दुर्घटना न्यूनिकरण गर्न अभियानले सहयोग गर्ने धारणा राखे ।
‘भौगोलिक रुपमा विकट प्रदेश भएकाले यहाँ सवारी दुर्घटना पनि धेरै भइरहेको तथ्याङ्कले देखाएको छ, ट्राफिक नियम र सडक सभ्यताको जानकारी र पालना गर्न सक्यौं भने दुर्घटना न्यूनिकरणमा ठूलो भूमिका खेल्छ’ खड्काले भने ।