}else{?>
काठमाडौं ।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले, एसियाडमा पदक जित्ने खेलाडिलाई बधाई ज्ञापन गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनले एसियाडमा पदक जितेका खेलाडिलाई माला लगाएर बधाई ज्ञापन गर्नुका साथै थप सफलताका लागि शुभकामना दिए ।
‘कबड्डी र कराँतेमा प्राप्त मेडलको लागि बधाई एवं आउने दिनमा अझै ठुलो सफलताको शुभकामना !’ उनले भने ‘मैले जाँदा महिला सहभागिताको लागि बधाई दिएको थिए । अहिले महिलाले नै मेडल र रेकर्ड बनाउनु भयो तपाईंहरुलाई बधाई दिन चाहन्छु ।’
त्यस्तै उनले खेलाडिको प्रोत्साहको लागि दिने भनिएको रकम अबको एक हप्तामा निकासा हुने पनि जानकारी गराए । ‘खेलाडीको प्रोत्साहनको लागि मैले रकम दिने घोषणा गरेको थिए। नियमावली पास गरेका थियौं आजको क्याबिनेटमा दिने निकासाका लागि निर्णय भयो र एक हप्तामा त्यो अर्थबाट आउनेछ।’ उनले भने ‘अरु देशको तयारी तपाईंले देख्नु भयो। हाम्रो उपस्थिति र प्रस्तुति राम्रो थियो। केहि अन्तर्राष्ट्रिय रेकर्ड तयार गर्नु भो।’
त्यस्तै आफूले संयुक्त राष्ट्र संघबाट र खेलाडिहरुले चीनबाट विश्वमा नेपालको नाम स्थापित भएको तर्क गरे । ‘म संयुक्त राष्ट्रसंघ पुगेर आए। यसपाली नेपाललाई विश्वले देखेको छ, सुनेको छ। तपाईंहरुको विश्व रेकर्ड बनाएर नेपालको नाम स्थापित गर्नु भएको छ। ’ उनले भने ‘ सरकारको प्रमुखको हैसियतले आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने कार्यक्रम राख्नेछु।’
सम्मानित खेलाडिहरुले सरकार तथा प्रधानमन्त्रीले पु¥याएको हौसलाका लागि धन्यवाद दिएका थिए ।