}else{?>
काठमाडौं ।
शीर्ष क्रमका ब्याटर देव खनाल यू–१९ क्रिकेटमा दुई शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।
मलेसियामा जारी यू१९ प्रिमियर कपमा इरानविरुद्ध शतक हानेसँगै देवले यू —१९ मा दुईवटा शतक हान्ने खेलाडिको कीर्तिमान बनाएका हुन् ।
अहिले जारी खेलमा ६० बलमा १२ चौका र ४
छक्कासहित १ सय बनाएका उनको यो यू —१९ मा यो दोस्रो शतक हो । गत फागुनमा आइसिसी यू—१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका उनकै उत्कृष्ट प्रदर्शनमा नेपालले ८ वर्षपछि यू१९ विश्वकपमा स्थान बनाएको थियो ।
नेपालबाट यसअघि एकै उमेर समूहमा कुनैपनि खेलाडीले दुई शतक हानेका थिएनन् । रित गौतम दुई फरक उमेर समूहमा शतक हान्ने एक्लो खेलाडी हुन् । उनले यू१६ र यू१९ दुबैमा नेपालबाट शतक हानेका छन् ।
नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन् ।
पूर्व कप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन् । देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् ।
उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा टियु क्रिकेट मैदानमा सिनियर टोलीमा डेब्यू गरेका थिए ।