नेपाल र लाओसबीचको खेल बराबरीमा

काठमाडौं ।

विश्वकप छनोटको प्रारम्भिक चरणको पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा दुवै टिमले १-१ गोल गरेका हुन् । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गरेका थिए ।
लाओसविरुद्धको खेलमा नेपालका स्ट्राइकर अञ्जन विष्टले ४८ औं मिनेटमा बराबरी गोल गरेका थिए ।
यससँगै उनी नेपालका सर्वाधिक गोलकर्ताको कीर्तिमानमा बराबरी गर्न सफल भए ।

विष्ट सिनियर अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक १३ गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गर्न सफल भएका हुन् ।

लाओसविरुद्ध गोल गर्दै अन्जनले अन्तर्राष्ट्रिय गोल संख्या १३ पुर्याएका हुन् । यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक गोलको कीर्तिमान थियो ।
अन्जनको गोलसँगै विश्व कप छनोटमा १–१ को बराबरी भएको छ । लाओसले पहिलो हाफमा गोल गरेको थियो ।

प्रतिक्रिया