इजरायलको द्धन्दबाट बाँचेर स्वदेश टेकेपछि खुशीको आँशुः भने, सरकारको गुण तिर्न सकिन्न

काठमाडौं ।

इजरायलबाट २५४ जना नेपाली स्वदेश फर्किएका छन् ।
द्वन्द्वग्रस्त इजरायलको बेन गुरियन विमानस्थलबाट २ सय ५४ जना नेपाली बोकेको नेपाल वायु सेवा निगमको जहाज शुक्रबार बिहान काठमाडौं अवतरण भएको हो ।

हिजो अपरान्ह उडेको जहाज शुक्रबार बिहान करिब पौने तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।
युद्धग्रस्त क्षेत्रबाट फर्किएकालाई लिन विमानस्थलमा पुगेका आफन्तको आँशुमा हर्षको आँसु देखिएको थियो । परिवारजनहरू भावविव्हल भएका थिए । उनीहरू अँगालो हालेर रोइरहेका देखिन्थे ।
बिहिबार बिहान साढे २ बजे इजरायलका जहाज झण्डै २४ घण्टापछि नेपालीहरुको उद्दार गरी काठमाडौं फर्किएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किराँतीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशन पछि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा नेवानीको जहाज इजरायलमा जोखिममा रहेका नेपालीको उद्धारका लागि पठाइएको थियो ।

वरिष्ठ क्याप्टेन श्रवण रिजाल नेतृत्वको क्रु मेम्बरले उद्धार उडान भरेका हुन् । हमासको आक्रमणमा परी त्यहाँ इन्टर्नमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उनीहरूको शव भने ल्याइएको छैन ।

प्रतिक्रिया