}else{?>
विराटनगर ।
कोशी प्रदेशको राजधानी विराटनगरमा ‘दसैँ फुड फेस्टिभल २०८०’ आयोजना हुने भएको छ ।
विराटनगरको हिमालय रोडमा हुने फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
ट्राफिक चोकदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म फेस्टिभल आयोजना गर्न लागिएको हो ।
फेस्टिभल मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनको संयुक्त आयोजनामा हुन लागेको जनाइएको छ । त्यस अवसरमा विभिन्न स्टलहरु राखिने भएको छ । हालसम्म २५ वटा स्टलका लागि बुकिङ्क भइसकेको मञ्जिना मुभिज क्रिएसनका निर्देशक जतिन ताम्राकारले पत्रकार सम्मेलनमा बताए ।
फेस्टिभलमा नेवारी, मारवाडी, थारू, राई, लिम्बु लगायत विभिन्न जातजातिका २० देखि २५ वटा जातीय परिकारको खानाका स्टल रहने जनाइएको छ ।
फेस्टिभलका क्रममा ख्यातिप्राप्त राष्ट्रिय र स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत आयोजना गरिएको आयोजकको भनाइ छ ।
मुख्य पर्वका अवसरमा चहलपहल बढाएर आर्थिक गतिविधि चलायमान हुने अपेक्षा आयोजकको छ ।