असाेज २६ देखि ठुला मालवाहक सावरी साधन नचल्ने, यात्रुवाहक सावरीलाई पहिलो प्राथमिकताः सरोज सिटौला

काठमाडाैं ।

दशैंको समयमा यात्रुवहाक सवारी आवागमनलाई सहज बनाउन यातायात व्यवस्था विभिाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सहजीकरणको प्रयास गरेको छ ।

विभिन्न जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सावरी साधनलाई सहज गराउन आजैदेखि मालवाहक सवारी सधानलाई निषेध गरिएको हो । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारी साधानले निकै नै समस्या निम्त्याएको छ ।

भोलि २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौं विपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारी साधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ । यसो गर्दा सर्वसाधारणलाई सहजीकरण हुन्छ ।

मेची महाकालीका सबै सडकहरूमा १०-१५ दिनको समयमा लाखौ मान्छे निकाल्नु पर्ने हुन्छ । सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता सबै क्षेत्रले गाडी आउन जान सहज बनाउन सहयोग गर्नेछन् । ’

सिटौलासँग गरिएको कुराकानीको पुरा भिडियोः-

प्रतिक्रिया